arrow

लालफित्ताधारी र श्वेतफित्ताधारीबीच विभेद हुँदैन : बाँस्कोटा

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार
gokul-banskotas.jpg

काठमाडौं ।  सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारी जग्गा हिनामिना प्रकरणमा दोषी देखिए जो कोहीमाथि पनि कारवाही हुने बताएका छन् ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको फैसलाअनुसार नै कारवाही हुने बताए ।

“लालफित्ताधारी र श्वेतफित्ताधारीबीच विभेद हुँदैन, पूर्वाग्रहको कुरै छैन, जे प्रमाणित हुन्छ, त्यो व्यहोर्नुपर्छ”, प्रवक्ता बाँस्कोटाले भने ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उनीहरुमाथि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ