arrow

संसारीमाई मन्दिरको मुकुटसहित गहना चोरी

logo
किरण न्यौपाने,
प्रकाशित २०७६ माघ २३ बिहिबार
mandir.jpg

रंगेली । १ नम्बर प्रदेशकै बढी भक्तहरुको चाप रहने मोरङको रंगेली नगरपालिका ७ स्थित रहेको संसारीमाई स्थान मन्दिरमा गएराती चोरी भएको छ ।

 मन्दिर बाट सानो पितलको मुर्ति सहित करिव सय तोला चादीको गहना चोरी भएको छ । मन्दिर बाट ५० तोलाको छत्र सहित एक थान मुकुट, ३ थान त्रिशुल, ३ थान सिक्री, र गणेशको मुर्ति चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव कुमार श्रेष्ठले जानकारी दिए ।

 राति करिव १० बजेर ५४ मिनेटमा मन्दिरको घेरा नाघेर मुख्य मन्दिर भित्र छिरेर माता संसारीलाई लगाएको गरगहना चोरी भएको श्रेष्ठले बताए । उनले मुख्य मुर्ति भने चोरी नभएको बताए । यता इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले मन्दिरमा जडान रहेको सि.सि.टि.भि मा घटना रेर्कड भएकाले फुटेज बाट घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए ।

यसअघि समेत मन्दिरका गहना चोरी भएपछी मन्दिर समितिले एक वर्ष अघि मन्दिर परिषरमा ७ वटा सिसिटिभि जडान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ