arrow

पहिला ठूलो मान्छे समाउ, दाजुसित सक्दैन अनि भाउजुसँग कुँईकुँई गरेर न्याय हुन्छ ? : चन्द्र भण्डारी

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभाससद डा. चन्द्र भण्डारीले बालुवाटारको सरकारी जग्गा प्रकरणमा झण्डा र रसिदको आधारमा कसैले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘कानूनको नजरमा सबै समान हुनुपर्यो । नेपालमा अहिले पोलिसी, पोलिटिकल र डेभलेपमेन्टमा भ्रष्टाचार छ । जबसम्म राजनीतिक भ्रष्टाचार नियन्त्रण हुँदैन् । तबसम्म अरु भ्रष्टार रोकिँदैन् ।’

उनले पाकिस्ताका प्रधानमन्त्री ईमरान खनाले केही दिनअघिमात्रै पत्रकार सम्मेलन गरेर देशमा भएको ठूला–ठूला भ्रष्टाचारको बारेमा बोलेको सुनाए । उनले भने,‘भ्रष्टाचारले आक्रान्त बनाएपछि देशले कहिल्यैपनि विकास गर्दैन् । हाम्रो देश विश्वकै सबैभन्दा राम्रो देश हो, प्राकृतिक रुपमा पनि हामी धनी छौं । नेपाल शिक्षा र मेडिकलमा पनि हब हो । योगमाया र वीर गोरखालीको देश हो ।’ उनले नेपालमा नेताहरु नेताको अर्थ नै नुबझिकन राजनीतिमा लागेको पनि तर्क गरे ।

‘नेताहरु दरबार बनाउन लागे, आफू र आफ्नालाई कसरी सम्पन्न बनाउने भन्नेमै यस्तो देखियो ।’–उनले भने,‘हाम्रा देशका प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु भनेको माग्ने देशका ठूला नेताको रुपमा परिचित छन् ।’ नेपाल विकास नहुनु भनेको बाधक नै भ्रष्टाचार भएको उनको टिप्पणी छ ।  नेपालमा ठूलाहरु बच्ने र सानाहरु मर्ने अवस्था रहेको दुरावास्था पनि भण्डारीले सेयर गरे ।

देशमा भएका संस्थाहरु बलिया भए भनेमात्रै देश बलियो हुने उनको तर्क छ । तर, नेपाल त पछिल्लो समय असफल राष्ट्रको रुपमा दर्ज हुन लागेको उनको गुनासो छ। उनले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्दा विभेद गरेको आरोप लगाए । उनले बालुवाटारको ललिता निवास प्रकरणमात्रै नभएर नेपालमा वाईडबडी, बुढीगण्डकी लगायत धेरैमा भ्रष्टाचार भएको टिप्पणी गरे । उनले नेपालमा भ्रष्टाचार वा गल्ती गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने तर्क गरे ।

उनले अहिलेसम्म अख्तियारले तलकालाई मात्रै कारबाही गरिएको गुनासो पोखे । उनले भने,‘हिम्मत भए सिंहदरबारबाट कारबाही सुरु गर्नुपर्छ ।’ उनले आफूले त नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाएको पनि सुनाए । उनले भने,‘नेताहरुको सम्पत्ति सार्वजनिक गर्नुपर्छ, पारदर्शी बनाउनुपर्छ ।’ उनले यो प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदार मुछिएको विषयमा पार्टीले लिएको पछिल्लो निर्णय आफूलाई मान्य भएको बताए ।

उनले भने,‘विजय गच्छदारलाई कारबाही हुँदा त्यहाँ सँगै बसेकाहरुलाई पनि कारबाही हुनुपर्यो नि । निर्णय गर्ने फस्ट मेनलाई छुँदै नछुने, दाजुसित सक्दैन अनि भाउजुसँग कुँईकुँई गरेर न्याय हुन्छ ? पहिला ठूलो मान्छे समाउ न ।’

कार्यक्रममा राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले जीवनभर एउटामात्र कोट लगाउने पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका छन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कदममा राजनीतिकरण देखिएको भन्दै निर्दोषहरुलाई समेत फसाइएको बताएका हुन् ।

‘जीवनभर एउटामात्र कोट लगाउने चन्द्रदेव जोशीले नौ करोड घुस खाए भनेर कस्ले पत्याउने,’ रिपोर्टर्स क्लब नेपालमा आज डा. केसीले भने, ‘लुगलुग काप्ने सर्वहारा चन्द्रदेव जोशीमाथि आरोप लगाउनु हाँस्यास्पद हो ।’ गीतकार समेत रहेका पूर्वसचिव दिनेशहरि अधिकारीमाथिको आरोपको समेत आलोचना गरे ।

विजयकुमार गच्छेदार पटक पटक मन्त्री भएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई लगेर बालुवाटारमा मुछिएको टिप्पणी गरे । उनले भने, गच्छेदार भ्रष्टाछार हुन् भन्ने सबैलाई थाहा छ तर लगेर बालुवाटारमा हालिदिए ।

नेकपा महासचिव विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मी र चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई समेतले ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति पाउनुले राजनीतिकरण प्रष्ट देखिएको बताए । प्रतिशोधको भावनाले अख्तियारको कदम प्रेरित रहेको भन्दै बालुवाटारको जग्गा जोगाउन चालेको कदमको भने प्रशंशा गरे । उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा राजनीतिकरण प्रष्ट छ तर बालुवाटारको जग्गा जोगाउनुपर्छ ।’
उनले नेपाल नै भ्रष्ट मुलुक भएको टिप्पणी गरे । उनले भने,‘आलम काण्डदेखि शेरबहादुर तामाङसम्मको काण्ड हेर्दा विभेदित श्रृंखला देखिएको छ । आलमलाई त्यही पुर्याउनेहरु किन मुछिएनन् ? यो विभेद हो ।’ उनले लोकमानसिंह कार्कीलाई लखेटेर दिप बस्न्यातलाई किन ल्याईयो ? भन्ने कुरा अहिले आएर थाहा भएको उनको भनाई छ ।

नेपालमा पद किनेर पाईने पनि उनको भनाई छ । उनले भने,‘कांग्रेसका एक जना साथीले ३० लाख बुझाएर म मन्त्री भएँ भनेर मसँग भने ।’ उनले विजयकुमार गच्छदारजति भ्रष्टाचारी कोही पनि छैन भन्ने कुरा नेपाली जनता सबैलाई थाहा भएको सुनाए । तर, उनलाई बालुवाटार प्रकरणमै किन मुछियो ? भन्ने कतै कांग्रेसभित्रकै आन्तरिक राजनीति त कारण होईन भनेर प्रश्न गरे । उनले बालुवाटार खानेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे । उनले नेपालमा अख्तियारले अघि बढाएका मुद्दाहरु ९० प्रतिशत असफल भएको तर्क गरे । उनले भने,‘यस्तो अवस्थामा हामी हौसिनुको कतिको उचित हुन्छ ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ