arrow

बालुवाटार जग्गा प्रकरणबारे अख्तियारको निर्णयमा बाबुराम भट्टराईलाई नै बुझेन चित्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ २३ बिहिबार
baburam2.jpg

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीपरिषद्को बैठकमा भएको निर्णयमा दुई प्रधानमन्त्रीलाई छाडेर अन्यलाई छानिछानी कार्वाहीको दायरामा ल्याएसंगै विषयले विवाद निम्त्याएको छ । 

अख्तियारले बुधबार १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस सम्बन्धमा विभिन्न व्यक्तिका विचारहरु आउने क्रम जारी रहेको छ । 

उक्त क्रममा अख्तियारले कार्वाहीको दायरामा ल्याउनु पर्ने पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईमध्ये भट्टराईले आफ्नो विचार राखेका छन् ।

अख्तियारले तत्कालीन प्रधानमन्त्रद्धयलाई छाडेर बाँकीलाई मुद्दा दायर गरेको हो । व्यक्त हेरेर कार्वाहीको दायरामा ल्याउनु र नल्याउन खोज्नुले अख्तियारकै नियतमाथि उनले आशंका गरेका छन् । 

सामाजिक संजालमार्फत उनले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने गर्न खोजिएको हो कि भन्दै आशंका समेत व्यक्त गरेका छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका भट्टराईले अख्तियारले दायर गरेको मुद्दाका सम्बन्धमा आफूले असहज महशुस गरेको प्रतिक्रिया दिएका हुन् ।

उनले आफू कालकूट विष पिउन पनि तयार रहेका भन्दै जानीजानी दुष्कर्म गर्नेलाई सत्ताको छहारी दिन खोजिएको त होइन भन्ने प्रश्न पनि गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले लेखेका छन्, ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् । जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चैं फस्ने नहोस् ।’

दोस्रो ट्वीटमा भट्टराईले लेखेका छन्, ‘ललिता निवास प्रकरणमा संसद अवरूद्ध – स्थगित गर्नुसट्टा यो सहित यति, एनसेल, वाइडबडी, न्यारोबडी, बुढीगण्डकी लगायत सबै भ्रष्टाचार सम्बन्धी नीतिगत,संस्थागत, कानूनी बिषयमा संसदमा विहंगम छलफल, निर्णय गर्नु उपयुक्त हुन्छ । मुद्दा ब्यक्तिको नभएर प्रणाली, प्रकृया, नियतको हो । सभामुख, सरकारको ध्यान जाओस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ