arrow

माउपार्टीको निर्देशनपछि नेविसंघ लाग्यो नियतपूर्ण कार्वाहीको विरुद्धमा

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । माउपार्टी नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतपूर्ण कार्वाहीको विरुद्धमा आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेसंगै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आन्दोलनमा होमिने भएको छ । 

नेविसंघ शुक्रबारदेखि नै नियतपूर्ण कार्वाहीको विरुद्धमा उत्रने भएको हो । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले माउपार्टीको निर्णयानुसार नेविसंघले शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट आन्दोलनको उद्घोष गर्ने बताए । 

उनले काँग्रेसका अन्य भ्रातृ संगठनहरु पनि सहभागी हुने बताए । कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो । 

काँग्रेस उपसभापति एवं संसदीय दलका उपनेता रहेका गच्छेदारविरुद्ध ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धानको निर्णय दुराशयबाट प्रेरित रहेको निष्कर्ष निकाल्दै गलत प्रवृत्ति विरुद्ध लड्न भ्रातृ संगठनलाई परिचालन गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ