arrow

नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव 

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
weather.jpg

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउंँसोबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने छ ।

वरिष्ठ मौसमविद् शान्ति कणेलका अनुसार शुक्रबार बिहान उपत्यकामा आंशिक बदली रहेको छ । त्यसैगरी देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ ।

तराई भने सफा रहेको छ । कणेलका अनुसार नवलपरासी आसपास भने हल्का कुहिरो लागेको छ । 

शुक्रबार पश्चिमी पहाडी स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै उच्च पहाडी स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद् कणेलले बताइन् । 
 
काठमाडौंमा भने वर्षा हुने सम्भावना छैन । बदलीले मौसममा छिनछिनमा परिवर्तन भने हुन सक्नेछ । 

यता महाशाखाले शुक्रवारबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षाको संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

यस्तो छ शनिबार र आइतबारको पूर्वानुमान
माघ २५ गते (शनिबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भु(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

 रातीः देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 माघ २६ गते (आइतबार)
दिउँसोः देशका पूर्वी भूभाग र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भूभागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । 

 रातीः देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाकि भूभागमा मौसम सामान्यतया सफा रहने छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ