arrow

माधव नेपाल, बाबुराम भट्टराई र विष्णु पौडललाई कठघरामा उभ्याउन तरुण दलको माग 

गच्छदारलाई राजनीतिक प्रतिशोधमा राखिएको भन्दै आक्रोशित

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
Tarun-Dal.jpg

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलले काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखी वद्नियतपूर्ण ढंगले लगाइएको भ्रष्टाचारको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा प्रकरणमा राजनीतिक प्रतिशोधका लागि गच्छदारलाई मुछिएको भन्दै तरुण दलले आपत्ति जनाएको हो । 

‘तत्कालीन सरकारका प्रमुखहरु नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र तत्कालीन सरकारका मुख्य सचिव लिलामणि पौडयाललाई कम्युनिष्टको छहारीभित्र राखी कांग्रेस भएकै कारण असम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री गच्छदारलाई अधिनायकवाद उन्मुख दुर्गन्धित खोली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ’ तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनीहरुलाई पनि कानूननको कठघरामा उभ्याउन तरुण दलले माग गरेको छ । तरुण दलले नेकपाका महासचिव विष्णु पौडेललाई समेत कठघरमा उभ्याउन माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ