arrow

अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ दिन गएका साझाका नेता गिरफ्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ २४ शुक्रबार
rose.jpg.jpeg

काठमाडौं । अख्तियारले बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायार गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन गएका साझा पार्टी नेताहरू पक्राउ परेका छन् ।

शुक्रबार विहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा शुभेच्छुकहरूले अख्तियारले बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायार गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन प्रयास गरेका थिए ।

बालुवाटार जग्गा प्रकरणमा पहुँचका आधारमा कयौँलाई उन्मुक्ति दिइएको विरोधमा प्रदर्शन गर्न अख्तियार दुरुपयोग अनुषन्धान आयोग अगाडि शान्तिपूर्णरूपमा भेला भेला भएका पार्टीकी बागमती प्रदेश संयोजक समिक्षा बास्कोटा लगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले  गिरफ्तार गरेको घटनाको साझा पार्टीले भत्सर्ना गरेको छ ।

मुद्दा दायर गर्दा कतिपयलाई उन्मुक्ति दिएको विरोधमा उनीहरूले सिठी जुलुसको आयोजना गरेका थिए।

साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' वर्तमान सरकारले संविधानले सुनिश्चित गरेको नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न बारम्बार दुस्साहस गरिरहेको सर्वविदित नै छ। शान्तिपूर्णरूपमा भेला हुन र विरोध गर्न पाउनु संवैधानिक हक हो। साझा पार्टीले सोही अधिकारको उपयोग गरिरहेको थियो। संवैधानिक स्वतन्त्रताको हकलाई बारम्बार कुण्ठित गर्न खोज्दा सरकार बढ्दोरूपमा ‘अनुदार लोकतन्त्र’तर्फ उन्मुख हुँदै गएको हाम्रो आशंकालाई पुष्टी गर्दछ।'

 गिरफ्तारीमा परेका साझा पार्टीका सबै नेता तथा शुभेच्छुकलाई तुरून्त रिहा गर्न साझा पार्टी जोडदार माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ