arrow

अख्तियारलाई नेकपाको गोटी बनाउने बिरुद्ध उत्रिए कांग्रेसका भातृ संस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ २४ शुक्रबार
bhatrisanchathan.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपाल कम्युनिष्ट पार्टीले गोटी बनाउने लागेको भन्दै नेपाली कांग्रेसका भ्रातृ संस्थाहरु बिरोधमा उत्रिएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण  ढंगले मुद्दा लगाउने निर्णय अख्तियारले गरेसँगै कांग्रेसका भातृसंस्थाहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार कांग्रेसका भातृसंस्थाहरुले माइतिघर मण्डलामा बिरोध प्रदर्शन गरे। नेपाल विद्यार्थी संघको आयोजनामा भएको कार्यक्रममा कांग्रेसका भातृ संस्थाहरुले सरकारको बिरोध जनाएका हुन् ।   

बिरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानाले अख्तियारको निर्णय नेकपाका नेताहरुलाई नियतवश रुपमा बचाउने भएको बताए । उनले भने  “यो आन्दोलन विजय गच्छदारलाई बचाउनु पर्‍यो भनेर भएको होइन । यो निर्णय गर्दा प्रधानमन्त्री माधव नेपाल हुनुहुन्थ्यो । अनि नेपाललाई बचाएर गच्छेदारलाई मात्र कार्वाही कसरी भयो?'

तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले सैंवधानिक नियायहरुलाई समेत पार्टीको गोटी बनाउने खोजेको बताए । उनले भने 'सैंवधानिक निकायहरुलाई पार्टीको गोटी बनाएर सरकारले यो कदमलाई अघि बढाएको छ। हामी यसको बिपक्षमा छौ । तरुण दल थप आन्दोलको कार्यक्रमका साथ सडकमा उत्रिन्छ। ' बस्नेताले अगाडी थपे, ' कांग्रेस कानुन र अदालतमाथि विश्वास राख्छ र त्यहाँबाट न्याय पाउनेमा पनि अपेक्षा राख्छ तर सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ती दिएर प्राकृतिक न्यायको सिद्धान्तलाई लज्जित बनाउने कार्यको तरुण यूवाहरु विरोध गर्दछ। '

अख्तियारले बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको कांग्रेसले बताएको छ। आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतबस गरिएको कार्वाहीको विरुद्धमा आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेसंगै नेबिसंघ लगायत कांग्रेस  भ्रातृ संस्थाहरु प्रदर्शनमा होमिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ