arrow

बिपी प्रतिष्ठान धरानको उपकुलपति नियुक्तिको लागि नेकपाले मन्त्रीलाई गरेको सिफारिस पत्र बाहिरियो ( पत्रसहित )

स्वायत्त र स्वतन्त्र संस्थामा पार्टी तहबाट हुने सिफारिस अनुचित

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
sifaris1.jpg

धरान । बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा नियुक्तिको लागि नेकपा धरान उपमहानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई सिफारिस गरेको पत्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको पत्रका अनुसार बिद्यार्थी जीवनदेखि अनवरत कम्युनिष्ट पार्टी राजनीतिमा संलग्न भएका प्राध्यापक डा. गुरु खनाललाई उपकुलपतिमा नियुक्तिको लागि सिफारिस गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगरपालिको लेटरप्याडमा अध्यक्ष नारायण सुवेदी तथा सचिव सुर्दशन श्रेष्ठले हस्ताक्षर र पार्टीको छाप समेत प्रयोग गरेर सिफारिस गरेका हुन् ।

जानकारहरुले भने यो बिषयलाई राजनीतिक दलको शिक्षण संस्थामा चरम दुरुपयोगको रुपमा लिएका छन् । सक्षम,योग्य ब्यक्ति परिक्षा पास गरेर आउनु पर्ने ठाउँमा समेत यसरी राजनैतिक खोल ओडेर परिक्षा प्रणालीलाई नै चुनौती दिने स्वायत्त र स्वतन्त्र संस्थामा पार्टी तहबाट सिफारिस गर्ने कार्य अनुचित रहेको भन्दै पार्टी र शक्तिको आडमा हुने यस्ता कार्यको बिरोध गर्नुपर्ने स्थानीय एक नेताले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ