भ्रष्टाचारको मुद्दा सत्ताधारी दलले विपक्षी तर्साउने खेल !
तरकारी काट्ने चक्कुले खसी काट्न सक्दैन
प्रकाशित २०७६ माघ २५ शनिबार
566
Shares
काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा अख्तियार प्रयोग गरेर विपक्षी दललाई तर्साउने खेल भएको पुर्व प्रधानमन्त्री एवं संघिय समाजवादीका नेता डा. बाबुराम भट्टराईले बताएका छन्।
नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार लगायत तत्कालिन मन्त्रीहरुलाई अख्तियारले भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ। बिशेष अदालतमा दायर भएको मुददामा प्रस्ताव लाने मन्त्रीहरुलाई आरोप लगाईएको छ भने निर्णय गर्ने क्याबिनेटका प्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्ट्राई बारे केहि बोलिएको छैन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उक्त मुद्दामा पुर्व प्रमहरुलाईकिन नछोएको भनेर आफ्नो असन्तुष्टी देखाईसकेको छ। त्यसैगरि नेकपाका महासचिव विष्णु पौडेलका पुत्रलाई पनि अख्तियारले जोगाएको भनेर सामाजिक संजालमा आक्रोस, व्यंग लगातार आईरहेको छ।
डा. भट्टराईले ट्विट गर्दे खसी काट्न तरकारी काट्ने चक्कुले हुन्न भन्दै अख्तियारलाई कमजोर संरचना र हैसियत रहेको भनेका छन्। उनले अधाकर सम्पन्न जनलोकपालको व्यवस्था गरिनु पर्ने बताएका छन्।
डा. भट्टराईको ट्विट:
‘१.मन्त्रीपरिषदको निर्णय र प्रमलाई समेत भ्रष्टाचार छानवीनको दायरामा ल्याउनुपर्छ भन्ने जनआवाज विल्कुल सही छ,जुन मैले शुरूदेखि भन्दै आएको छु! तर त्यसनिम्ति अहिलेको जस्तो कमजोर अख्तियारको संरचना र हैसियत पर्याप्त छैन!तरकारी काट्ने चक्कुले खसी काट्न सक्दैन,त्यसलाई खुकुरी नै चाहिन्छ!
२.त्यसनिम्ति निरीह अख्तियारको सट्टा सिधै संसदप्रति उत्तरदायी हुने,उच्च न्यायसेवा र विशिष्ठ सार्वजनिक व्यक्तित्वहरू रहने,छुट्टै संवैधानिक सेवाका जनशक्ति भएको अधिकारसम्पन्न जनलोकपाल(Ombudsman)को व्यवस्था गरौं!नत्र भ्रष्टाचारको मुद्दा सत्ताधारी दलले विपक्षी तर्साउने खेल मात्र हुनेछ!’