arrow

अज्ञात समूहद्वारा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

logo
प्रकाशित २०७६ माघ २५ शनिबार
police-news-aa-a.jpeg

मेलम्ची। अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०-१२ समूहले आक्रमण गर्दा दुई  प्रहरी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र  प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।  

आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङ लाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको  थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ