काठमाडौं। वालुवाटारको ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दामा पक्षधरता देखाएको भन्दै ‘भ्रष्टाचारीलाई रेडकार्ड’ अभियानमा संलग्न विवेकशील नेपाली दलका नेता लगायत सदस्यहरु पक्राउ परेका छन्।
ललिता निवास वालुवाटारमा पुगेर प्रदर्शन गरेका विवेकशील नेपाली दलका ११ नेता कार्यकर्ता पक्राउ परेका हुन्। अख्तियारले तत्कालिन प्रधानमन्त्री लगायत नेकपा महासचिवका पुत्रलाई कुनै मुद्दा नचलाइ उन्मुक्ति दिएको बिरोधमा नेपाली कांग्रेसले पनि बिरोध गरिरहेको छ।
वालुवाटारको ललिता निवासको सरकारी जग्गा हत्याउन विगत ३० वर्षमा भएका हतकन्डाहरूको बारेमा सार्वजनिक भएपछि विवेकशील नेपाली दलले निरन्तर दबाब कार्यक्रम गर्दै आइरहेको छ।
यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले यसमा संलग्न भएका भनिएका व्यक्तिहरूलाई मुद्दा लगाउने निर्णय स्वागतयोग्य भन्दै विवेकशीलले पक्षधरताको बिरोध गरेको थियो।