arrow

कानून व्यवसायी परिषद्को निर्वाचन सम्पन्न

logo
रासस,
प्रकाशित २०७६ माघ २५ शनिबार
nepal-bar-As.jpeg

काठमाडौं। नेपाल कानून व्यवसायी परिषद् सदस्य (काउन्सिलर)का लागि आज निर्वाचन सम्पन्न भएको छ। सात प्रदेशमा एक-एक सदस्यका लागि निर्वाचन भएको हो। वाग्मती प्रदेशका लागि काठमाडौं, चितवन र हेटौँडामा निर्वाचन भएको छ। वाग्मती प्रदेशको सदस्यका लागि वरिष्ठ अधिवक्ताद्वय डा चन्द्रकान्त ज्ञवाली र डा गुणनिधि न्यौपाने प्रतिस्पर्धामा छन्।

सर्वोच्च अदालत परिसरमा भएको निर्वाचनमा तीन हजार ३१७ मत खसेको प्रमुख निर्वाचन अधिकृत शिव रिमालले जानकारी दिए। वाग्मतीमा सात हजार ३९० मतदाता रहेका छन्। सर्वोच्च परिसरमा काठमाडौँ, ललितपुर, भक्तपुर, पाटन उच्च अदालतका मतदाताले मतदान गरेका थिए। उहाँका अनुसार मतगणना अहिले केहीबेरमा हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ