arrow

हुस्सुको सिरक हट्दै, यस्तो छ मौसमको अवस्था

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
weather.jpg

काठमाडौं । आइतबार बिहान काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा कुहिरो लागेको छ । यो कुहिरो विस्तारै हट्दै जाने पनि बताइएको छ । 

काठमाडौं न्यूनतम ३.२ डिग्री सेल्सियस तापक्रम रहेको थियो । अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने छ । 

आइतबार र सोमबार कुनै पनि मौसमी प्रणाली सक्रिय नभएकाले खासै फरक नपर्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बताएकी छिन् । 

हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भूभागका १(२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। 
त्यस्तै राति देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

शनिबार जुम्ला, दाङ र पोखरामा वर्षा भएको थियो । 

यस्तो छ सोमबार र मंगलबारको पूर्वानुमान–
माघ २७ गते (सोमबार)

दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ।
रातीः देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य र पूर्व पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २८ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

रातीः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ