arrow

ओली सरकारले अख्तियारलाई प्रभावमा पार्‍यो – प्रदीप पौडेल

logo
तेजन खड्का, 
प्रकाशित २०७६ माघ २६ आइतबार
pradip-poudel-congress.jpg.jpeg

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले वर्तमान केपी ओली नेतृत्वको सरकारले बहुमतको दम्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत आफ्नो प्रभावमा पारेको बताएका छन् । 

झापाको कमल गाँउपालिकाले शनिबार आयोजना गरेको वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुँदै युवा नेता पौडेलले बहुमतले नेकपालाई बिगारेको बताए । 

मुलुकले लामो समयपछि स्थायी सरकार पाएको भए पनि ओली नेतृत्वको सरकारले जनभावना अनुरुप काम गर्न नसकेको पौडेलको आरोप छ । 

वर्तमान सरकार सत्य र तथ्यहरुलाई लुकाउँदै विचार र सिद्धान्तका आधारमा विभेदपूर्ण ढंगले अगाडि बढिरहेको पौडेलले बताए । 

उनले दुई तिहाईको बहुमतले निर्माण भएको सरकारले अख्तियारलाई समेत आफ्नो प्रभावमा पारेर आफु अनुकुल बनाएको आरोप लगाए । 

पौडेलले तत्कालिन अवस्थामा मन्त्रीपरिषद्बाट ललिता निवास जग्गा प्रकरणमा भएको निर्णयको जिम्मेवारी सरकारले लिनुपर्नेमा सो सम्बन्धिका प्रस्तावक तत्कालिन भौतिक पूर्वाधार मन्त्री एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मात्र दोषी देखाउन खोज्नुले अख्तियारलाई सरकारले आफ्नो अनुकुल चलाउन खोजेको प्रष्ट भएको तर्क गरे । 

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनजिविकाको सवालमा भन्दा पनि महत्वकांक्षी बनेर अघि बढेको को छ’, उनले भने ‘अब नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै लोकतन्त्रको रक्षा गर्ने बेला आएको छ ।’
 
एक फरक प्रसंगमा उनले कांग्रेसभित्र गुट रहेको तर त्यो गुट कुनै ब्यक्ति विशेष नभइ विचारको गुट भएको बताए । 

पार्टीलाई अझ द्रबिलो बनाउन विचारको गुट हुन आवश्यक रहेको पौडेलेको भनाई रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ