arrow

'नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार'

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ २६ आइतबार
tarun6.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति दिएको भन्दै नेपाल तरुण दलले बिरोध प्रदर्शन गरेको छ। आइतबार तरुणदलले 'नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार' भन्दै माइतीघबाट नयाँबानेश्वरसम्म बिरोध र्‌याली गरेको छ।

बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण  ढंगले मुद्दा लगाउने निर्णय अख्तियारले गरेसँगै कांग्रेसका भातृसंस्थाहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन् । तरुण दलले देशैभरका जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरेको छ । कम्युनिष्ट पार्टीले गोटी बनाउने लागेसँगै नेपाली कांग्रेसका भ्रातृ संस्थाहरु बिरोधमा उत्रिएका छन् ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा 'दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो,  कठै अख्तियार, नेकपासामु लम्पसार’,विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार,' जस्ता नारा लगाइएका थिए ।

आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतबस गरिएको कार्वाहीको विरुद्धमा आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेसंगै तरुणदल, नेबिसंघ लगायत कांग्रेस  भ्रातृ संस्थाहरु प्रदर्शनमा होमिएका छन् ।

कांग्रेसले जग्गा प्रकरणमा विजय कुमार गच्छदार दोषि देखिनु तर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध मुद्दा नलाइनुले राजनैतीक प्रतिशोध तथा अख्तियारको बदनियतको  बिरोध गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ