arrow

मन्त्रालयले दिएको एम्बुलेन्समा भेटियो मारेको चित्तल

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ माघ २६ आइतबार
chittal-pakrau1.jpg

दार्चुला । विरामीका लागि प्रयोगमा ल्याइने एम्बुलेन्समा चित्तल भेटिएको छ । बैतडीको डिलाशैनी गाउँपालिकाले संचालन गरेको एम्बुलेन्स भित्र प्रहरीले चित्तल भेटाएपछि नियन्त्रणमा लिएको छ ।

आइतबार दिउसो साढे बाह्र बजेतिर शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारबाट उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरिक्षक खगेन्द्र सिह साउँदले जानकारी दिए ।

गाउँपालिकाको केन्द्रतर्फ जादै गरेको सुदुरपश्चिम प्रदेश ०१-००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मृत अवस्थामा रहेको चित्तल ल्याइरहेको विशेष सुचनाका आधारमा चेकजाच गर्दा एम्बुलेन्स भित्र चित्तल भेट्दा नियन्त्रणमा लिएको उनले बताए । उक्त एम्बुलेन्स सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले वितरण गरेको हो ।

‘मृत अवस्थामा रहेको चित्तल एम्बेलेन्समा राखेर ल्याउदै गरेको एम्बुलेन्स र चालक महेश बोहरालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि चौलानी सव डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी निरिक्षक साउँदले जानकारी दिए ।

पक्राउ परेका चालक र चित्तल थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाउने तयारी भैइरहेको चौलानी सव डिभिजन वन कार्यालय गोकुलेश्वरका कार्यालय प्रमुख परमानन्द कुँवरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ