arrow

'लोकतन्त्रको सट्टा मुलुक धनतन्त्रतर्फ'

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
ramchandra-poudel3.jpg

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई  लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ लान खोजिएको आरोप लगाएका छन् ।  चितवनमा पत्रकारसँग आइतबार कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले भने, 'लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।'

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए । यसले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो ।

समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताए । सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे ।

फरक प्रसङ्गमा उनले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । उनले भने, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।”

राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ