arrow

ओली सरकारले अझै भेटेन नयाँ आईजीपी, खनाल मंगलबार घर फर्किदै

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
police-head-Q.jpeg

काठमाडौं । यसपटक पनि केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ प्रहरी महानिरीक्षक आईजीपी समयमै तयार गर्न सकेन । मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो कार्यकाल पूरा गरी अनिवार्य अवकाशसहित घर फर्किदैछन् । 

तर अहिलेसम्म नयाँआईजीपीको टुंगो सरकारले गर्न सकेको छैन । सामान्यतया अनिवार्य अवकाश पाउँदै गर्दा एक महिनाअघि बिदा लिने चलन हुन्छ । आईजीपी खनालले बिदा लिएनन् । 

अवकाशको एक दिन अघिसम्म पनि उनको सक्रियता कायमै छ । आफ्नो कार्यकाल बढाउन खनाल र उनका ब्याजी लबिइङमा लागेका थिए । जतिसुकै लबिइङ गरे पनि उनी सफल हुन सकेनन् । 

सुरुआती दिनमा ओलीसंग टाढिएका खनाल पछिल्ला दिनमा निकै नजिकिएका थिए । सरकार जे भन्छ त्यही गरिरहेका थिए । तर त्यसले काम गरेन । अन्ततः उनी असफलता सहित बिदा हुँदैछन् । 

उनी २०७४ फागुन २८ गते नेपाल प्रहरीको २६ औं महानिरीक्षक बनेका थिए । खनालसँगै उनका ब्याजीहरु १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन्। 

बाँकी अब केबल तीन जना डीआईजी छन् । समयमै सरकारले बढुवा प्रक्रिया मिलाउन नसक्दा फेरि पनि डीआईजीबाटै आईजीपी छान्नुपर्नेछ । 

खनाल पनि डीआईजीबाटै आईजीपी बनेका थिए । 

को होला नयाँ आईजीपी ? 
आईजीपीका लागि तीन डीआईजी दावेदारीमा छन् ।

प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय, प्रदेश १ का ठाकुर ज्ञवाली र सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल लाइनमा छन् । 

उनीहरुमध्ये जो आईजीपी भए पनि केवल पाँच महिना मात्र आईजीपीको फुली लगाउन पाउने छन् ।

किनकि उनीहरुको ३० वर्षे सेवा अवधि २०७७ असार २४ गते सकिने छ। वरियतामा ज्ञवाली एक नम्बरमा छन् । लम्साल दोस्रो र उपाध्याय तेस्रो नम्बरमा छन् । 

त्यसपछिका ब्याजीहरु धेरै छन् । तर उनीहरुलाई पनि व्यवस्थापन संगसंगै गर्न सकिएन भने प्रहरीको रोग रहिरहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ