arrow

शासन सत्तामात्रै हडप्ने परिपाटीले जनताका पीडा सम्बोधन हुन सकेनन् – चन्द्र भण्डारी

logo
कौरव खत्री, 
प्रकाशित २०७६ माघ २७ सोमबार
chandra-bhandari9.jpg

गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका छन् । प्रथम गुल्मी मुसिकोट महोत्सवको समापन समारोहको अवसरमा बोल्दै प्रमुख अतिथि भण्डारीले गाउँमा रहेका विभिन्न जातजाति धर्म र सम्रदायलाई सम्बोधन गर्न स्थानीय सरकारको रुपमा गाउँगाउँमा सिहंदरबार स्थापना भएको भन्दै सरकारले जनताका भावना बुझेर काम गर्नुपर्ने बताए ।

बहुदलको नाममा शासन सत्तामात्रै हडप्ने परिपाटी बढेको भन्दै वास्तविक जनताका पीडा अझै सम्बोधन हुन नसकेको बताए । सुशील कोईरालाको स्मृति दिवसलाई स्मरण गर्दै संविधान निर्माणको चरणमा विगतमा भएको जनयुद्ध, हिसांमा गएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याई जनताको अधिकार सम्पन्न गराउन लागि उनले गरेका त्याग र तपस्याकै कारण यो अवस्थासम्म देश आएको र सुशील कोईराला जस्तो तपस्वी नेताको अभाव अहिले खड्किएको बताए ।

नेपालका पशुपति लुम्बिनी मुक्तिनाथ जस्ता धार्मिक स्थलले नेपालको पहिचान विश्व सामु पुर्याएको भन्दै नेपाल जस्तो सुन्दर देशमा पर्यटन प्रर्वद्धन गर्नका लागि थुप्रै सम्भाव्यता रहेको धारणा व्यक्त गरे ।

मध्यपहाडी लोकमार्ग वामीलाई छोएर नजानुको जिम्मेवार हामी सबै हुनुपर्ने भन्दै भण्डारीले मुसिकोट नगरपालिकाले जिल्लामै उत्कृष्ट नेतृत्व पाएको बताए । नगरपालिका उत्कृष्ट बन्नेमा आफु विश्वस्त रहेको बताए ।

फरक प्रसगंमा भण्डारीले विगतका दिनमा सदरमुकाम तम्घास पुग्न हुने गरेको सास्तीको स्मरण गर्दै अहिले बडीगाड खोलाका विभिन्न ठाउँमा पुलहरु निर्माण भएको र सडकको विस्तारले उक्त समस्या समाधान भएको बताए ।

रिडि र रुद्रवेणी वामीटक्सार सडकखण्ड बजेटकोे अभावले भन्दा पनि ठेकेदारले काम नगरिदिँदा आजसम्म भनेजस्तो स्तरोन्नती हुन नसकेको बताए ।

वामीटक्सारको सुदीमा तीनमुखे पुल निर्माणको सम्भाव्यता अध्ययन गरी एउटा नमुना कामको थालनी गर्न सकिने बताउँदै रिडिमा निर्माण हुदै गरेको एसियाकै नमुना पुलले गुल्मीको पहिचान अझ बढ्ने बताए ।

कृषि, पर्यटन र उद्योगको विकास बिना आर्थिक संवृद्धि नहुने बताउँदै भण्डारीले मुसिकोट महोत्सवले स्थानिय परम्परा कला, संस्कृतिलाई प्रवद्धन गर्ने कुरामा आफु विस्वस्त रहेको बताए । फरक प्रसगंमा भण्डारीले नेपालको नेतृत्व तहमा युवा वर्गको आवश्यकता औँल्याए ।

सोही अवसरमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालि सडक सञ्जाल र  खानेपानी एवं पूर्वाधार निर्माणका कार्यमा अगाडी बढेको भन्दै  महोत्सवले स्थानीय संस्कृति संरक्षण र प्रर्वद्धनमा महोत्सवले ठुलो भूमिका खेलेकोले र महोत्सवले समृद्ध मुसिकोट बनाउन सहयोग पुग्ने बताए ।

त्यस्तै अवसरमा नेपाली काँगे्रस गुल्मीका पार्टी सचिव खिलध्वज पन्थीले पर्यटन क्षेत्रको विकासमा महोत्सव फलदायी भएकोले बताउदै गाँउका जनताहरु तिव्र बसाईसराईले थप चुनौती थपेको बताए ।

हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कंडेलले औद्योगिक र व्यापारको विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसले आन्तरिक र बाह्य पर्यटकहरुको वृद्धि हुने बताए ।

महिला अधिकारकर्मी गण्डकी थापाले महोत्सवमा सबैको एकता सहकार्यले मुसिकोट नगरपालिका समृद्धि हुने भन्दै अव  मुसिकोट नगरपालिकाले महिलाहरुको लागि  आयआर्जनका  कार्यक्रमहरुलाई अगाडी बढाउन सुझाव दिइन् ।

मुसिकोट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्ले मुसिकोट नगरपालिकाले  पर्यटन र कृषिमा आधारित धेरै बजेटको व्यवस्था गरिएको भन्दै महिला र बाख्रापालन, भकारो सुधार, लगायतका कार्यक्रम अगाडी बढाएको बताए ।

कार्यक्रममा मुसिकोट उद्योग  वाणिज्य सघंका प्रतिनिधि, जनप्रतिनिधि,स्थानीय समाजसेवी, बुद्धिजीवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लोकदोहोरी गायिका ज्योति मगर,मिनु विसी, बैकुष्ठ रायमाझी,कमल बराल स्थानीय कलाकारहरुको लगायतको सांगीतिक प्रस्तुती रहेको थियो । 

कार्यक्रम मुसिकोट उद्योग  वाणिज्य सघंका अध्यक्ष शुर्दसन शाक्यको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने उद्योग वाणिज्य सघंका कोषाध्यक्ष गोपिकृष्ण खरेल, र सञ्चारकर्मी मिनु विसीले गरेका थिए । गत माघ १५ देखि शुरुभएको महोत्सव आइतवार सम्पन्न भएको थियो । यता महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण सहयोग पुराउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ