arrow

मुनाको हत्यामा विजयको हात !

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
munaj.jpg

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा मृत अवस्थामा भेटिएकी मुना कार्कीको हत्या विजय चौधरीले गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् ।  कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए। कार्कीको घरको सिसिटिभी हेरेपछि प्रहरीले मुनाको हत्यामा बिजयले नै गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो।

सिसिटिभी फुटेजमा मुनालाई विजयले लछारपछार गरि कुटपिट गरेको देखिएको छ। साथै भुइँमा समेत टाउको ठोक्काएको देखिएको प्रहरी स्रोतले बताएको छ।

बिहान घरबाट मन्दिर गएर फर्किएका कार्कीले फर्कँदा श्रीमती मुना अचेत अवस्थामा र घरका कामदार विजय चौधरी अर्को कोठामा डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।  भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा रहेकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान गरिरहेको छ। मृतक दुवै शवको पाटन अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि घटना अझ प्रस्ट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ