arrow

पुनर्वासमा प्रहरीद्वारा ब्राउन सुगर सहित अबैध मालसामान बरामद

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
brown-sugar1.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वासमा चोरीपैठारी नियन्त्रणमा सक्रियता बढाएपछि ब्राउन सुगर सहित ७४ हजार मूल्य बढिको मालसमान र १ क्विन्टल बोइलर कुखुरा बरामद गरेको छ ।

भारतीय बजार बाट चोरीपैठारी गरि ल्याइएको १२५ थान साडी र १ क्विन्टल सुकेको केराउ सोमबार बरामदगरी कैलाली भन्सार कार्यालय पठाईएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

सोमबार राती ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले लालझाडी १ नौरंगा बाट ४ क्विन्टल कुखुरा र लालझाडी गाउँ पालिका १ बिनावारीबाट से ५ प ७०५० नम्बरको मोटरसाइकलमा ५ ग्राम ब्राउन सुगर सहित कृष्णपुर नगरपालिका ७ का २४ वर्षिय अनिल जंग खडका र गोदावरी नगरपालिका २ का २५ वर्षिय गणेश महरा लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक वर्ष यता जिल्लाको दक्षिणी भेगमा लागू औषध नियन्त्रणमा प्रहरीले सकृयता बढाए पछि पुनर्वासमा आर्थिक वर्ष ०७५/०७६ मा लागुऔषध पसारका ११ मुद्दामा २३ जना पक्राउ परेको र आव ०७६/०७७ मा लागू औषध ओसारपसारका ७ मुद्दामा १८ जना पक्राउ परेका ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ