arrow

अख्तियारको कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको काँग्रेसको ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ २७ सोमबार
congrss-central-committee-meeting.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैँमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको जनाएको छ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले आयोगले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको आरोप लगाएको हो । “यो कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ, यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ”, बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेता गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनेछन् भन्ने काँग्रेसको विश्वास छ। बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउन सरकार समक्ष माग गरेको छ। बैठकले उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम, त्यसले नेपालमा पर्न सक्ने गम्भीर असरबारे र स्वदेश ल्याएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढङ्गले प्रबन्ध गर्न सरकारलाई सजग गराएको छ।

राजधानीमै दिनदहाडै नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीका श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ। यसलाई समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा लिँदै काँग्रेसले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपिल गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कारवाहीको माग गरेको छ।

यसैगरी अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामीको यही माघ २० गते भएको हत्यालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ। घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक माघ २९ गते २:०० बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ