arrow

भारतद्वारा नुवाकोटमा माध्यमिक विद्यालयको भवन निर्माण

logo
प्रकाशित २०७६ माघ २७ सोमबार

नुवाकोट । भारत सरकारले भूकम्प पश्चात्को पुनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा
ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ । 

उक्त विद्यालय भवनको औपचारिक उद्घाटन सोमबार (माघ २७ गते) पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे । 

उक्त उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थित थिए । भारतीय राजदूतावासको पुनर्निर्माण प्रभागकी प्रथम सचिव श्रीमती सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गरेकी थिइन् । 

नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल) मा स्थापना भएको हो । 

यस विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा
ब्लकहरु रहेका छन् । 

यस विद्यालयकोतीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्लेशैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । 

नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजनालाई सम्पन्न गर्नका निमित्त नेपाल सरकार र नेपाली जनतासँग
निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ