arrow

जंगलमा भेटियो महिलाको शव : आधा खाल्टोमा आधा बोरामा

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
dead-body-parashi.jpg

पोखरा । तेह्र आर्बामा क्षतविक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ । आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साझ अन्दाजी ४० बर्षीया महिलाको शव दुई टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाका अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।

स्थानीयले सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा शरीरको खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीको खबर पश्चात दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त स्थानको करिब ३५-४० मिटर तल बोरामा बाधेर फालेको अवस्थामा टाउको तर्फको आधा भाग फेला पारेको इन्स्पेक्टर थापाले बताए ।

शवको प्रकृति हेर्दा करिव ४-५ दिन अगाडी घटना घटाएको हुन् सक्ने देखिएको उनले जनाए । शवको पहिचान अझै खुल्न सकेको छैन ।शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ