arrow

आदिवासीका पक्षमा अस्ट्रेलियाली अदालतको फैसला, अब देश निकाला गर्न नपाइने

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
australia-flag1.jpg

क्यानबेरा । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ ।

अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि उनीहरुलाई देश निकाला गर्न नपाइने उल्लेख छ ।

अदालतले दुई पुरुष – ब्रेन्डन थाम्स र डेनियल लब – को मुद्दाको सुनुवाई गरेको थियो जो विदेशमा जन्मेका थिए तर उनीहरु आदिवासी जनजाति समुदायका रहेको पहिचान गरिएको थियो ।

थाम्सलाई ५१० दिन अध्यागमनको थुनामा राखिएको थियो । अदालतले आदेश दिएको केही घण्टापछि थाम्सलाई जेलमुक्त गरिएको थियो । उनका वकील क्लेयर गिब्सले अदालतको आदेशका कारण थाम्सलाई सरकारले देश निकाला गर्न नपाउने बताए ।

“ब्रान्डनले पनि अध्यागमनको थुनामा ५०० दिन बिताएका थिए । उनलाई आफू विदेशतर्फ नै निर्वासित हुनुपर्ला भन्ने चिन्ता थियो । मुक्त हुन पाउँदा अदालतलाई धन्यवाद दिएका छन्,” गिब्सले बताए । “उनी आफू रिहा भएकामा अति प्रसन्न छन् र अब परिवारसँग पुनर्मिलन हुन पाउने छन् ।”

कार्यवाहक अध्यागमन मन्त्री एलन टुजले गृह मामिला विभागले यस घटनाबाट प्रभावित हुन सक्ने अन्य मुद्दाको समीक्षा गर्ने बताए । “अदालतले आज एउटा महत्वपूर्ण फैसला सुनाएको छ जुन हाम्रो अध्यागमन कार्यक्रममा प्रभाव पार्नेछ ।”

उनले भने, अदालतले “नयाँ वर्गको व्यक्ति” सिर्जना गरेको र त्यस्ता व्यक्ति न अष्ट्रेलियाको नागरिक हो र न गैर–नागरिक नै हो ।

सरकारले सन् २०१८ मा शंकास्पद चरित्रका रहेको भन्दै निर्वासित गर्न खोजेको थियो । उनीहरुले हिंस्रक अपराधको लागि जेल सजाय पाएका थिए । अष्ट्रेलियामा बाल्यकालदेखि नै बसोबास गरेका तर नागरिकता प्राप्त नगरेका आदिवासी व्यक्तिलाई देश निकाला गर्ने सरकारको नीतिप्रति धेरैले आलोचना गर्दै आएका थिए ।

अदालतको आदेशमा अस्ट्रेलियाली आदिवासी आमाका सन्तान ३१ वर्षीय थाम्सको जन्म न्यूजीलैंडमा भएको र उनी अस्ट्रेलियाली व्यक्ति नै रहेको उल्लेख छ ।

थाम्स अष्ट्रेलियामा ६ बर्षको उमेरदेखि नै बसोबास गरिरहेका थिए । उनी गुन्गारी सम्प्रदायका व्यक्ति रहेको र यो सम्प्रदाय अस्ट्रेलियाको आदिवासी समुदायभित्र वर्गीकृत छ ।

तर ४० वर्षीय लब भने आदिवासी नरहेको अदालतले ठहर गरेको छ । तर उनी कामिलोरोए सम्प्रदायका सदस्य रहेको अदालतको भनाई छ । उनको जन्म आदिवासी अस्ट्रेलियाली बुबाबाट पपुवा न्यु गिनीमा भएको थियो । उनी ५ वर्षको उमेरदेखि अस्ट्रेलियामा बस्दै आएका थिए ।

उनका वकीलहरूले लब साँच्चिकै आदिवासी हुन् वा होइनन् भन्ने परीक्षण गरिने बताएका छन् । यो मुद्दाको सुनुवाई पुनः गरिने बताइएको छ ।

लब र थाम्स दुवैलाई असम्बन्धित अपराधका लागि अध्यामन हिरासतमा लामो समयदेखि राखिएको थियो । एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ