arrow

चितवन कारागारमा कैदीको मृत्यु

logo
रासस,
प्रकाशित २०७६ माघ २८ मंगलबार
prisoner-jail.jpg

चितवन । जिल्ला कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । मानव तस्कर मुद्दामा कैद भोग्दै आएका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको क्यान्सरका कारण मृत्यु भएको हो ।

कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार उनको गए राति मृत्यु भएको हो । मानव तस्कर मुद्दामा उनलाई अदालले १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना तोकेको थियो ।

विसं २०७३ साउन १५ गते पक्राउ परेका जफरलाई क्यान्सरको उपचारका लागि कात्तिक ९ गते भरतपुर कारागारमा ल्याएको काफ्लेले जानकारी दिए ।

क्यान्सर अस्पताल नजिकै भएको हुँदा अन्य जिल्लाबाट समेत क्यान्सर लागेका कैदीबन्दीलाई जिल्ला कारागार भरतपुरमा ल्याइने गरेको काफ्लेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ