arrow

पूर्वसचिवकी श्रीमति हत्या प्रकरण : यस्तो छ ‘पोस्टमार्टम रिपोर्ट’

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
muna.JPG

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा मृत अवस्थामा भेटिएकी मुना कार्कीको हत्या भएको ‘पोस्टमार्टम रिपोर्ट’मा देखिएको छ ।  यसअघि प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिएको थियो । पाटन अस्पतालमा गरिएको मुना कार्कीको 'पोस्टमार्टमको रिपोर्ट'मा मृत्युको कारण हत्या नै भएको देखिएको हो।

नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् ।  कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए। कार्कीको घरको सिसिटिभी हेरेपछि प्रहरीले मुनाको हत्यामा बिजयले नै गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो । सिसिटिभी फुटेजमा मुनालाई विजयले लछारपछार गरि कुटपिट गरेको देखिएको छ। साथै भुइँमा समेत टाउको ठोक्काएको देखिएको प्रहरी स्रोतले बताएको छ।

बिहान घरबाट मन्दिर गएर फर्किएका कार्कीले फर्कँदा श्रीमती मुना अचेत अवस्थामा र घरका कामदार विजय चौधरी अर्को कोठामा डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घाइते अवस्थामा भेटिकी मुनाको टाउकोमा कुर्सीले प्रहार गरेको र घाँटीमा समेत चोट देखिएको थियो  । भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा रहेकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले कार्कीका आफन्त तथा घरमा काम गर्ने युवतीसँग पनि सोधपुछ गरिरहेको छ । अर्का मृतक बिजयको पोस्टमार्टम पनि पाटन अस्पतालमा गरिएको छ । दोलखा घर भएका पुर्वसचिव अर्जुनकुमार कार्की ललितपुरको सानेपामा बस्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ