arrow

नेपाल प्रेस युनियन काठमाडौंमा जगन्नाथ

logo
प्रकाशित २०७६ माघ २८ मंगलबार
jagannah-maheshwor.jpg

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौंको नेतृत्व जगन्नाथ दुलालले सम्हाल्ने भएका छन् । मंगलबार भएको काठमाडौंको चुनावी अधिवेशनले दुलाललाई जिताएको हो ।

दुलालले २८५ मत ल्याउँदा प्रतिस्पर्धी महेश गौतमले १९३ मत पाए । 

अधिवेशनले अध्यक्षमा मात्र मतदान गराएको हो । काठमाडौंमा ८४३ मतदाता रहेकामा जम्मा ४७७ मत मात्र खसेको थियो । 

यता ललितपुरमा सोमबार भएको अधिवेशनले जानुका बरालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । त्यस्तै केन्द्रीय पार्षद पनि सर्वसम्मत गरेको छ । 

गत माघ ७ गते चितवनमा बसेको प्रेस युनियनको केन्द्रीय कार्यसमितिको बैठकले आगामी चैत २१ र २२ गते नेपालगञ्जमा चुनावी महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णय अनुसार माघ मसान्तसम्म सम्पूर्ण ठाउँको अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ