arrow

'नेपालीको उद्दार गर्न सरकार किन संवेदनशील नभएको?'

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
shekhar2.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गरेर राज्यको अनुभुति गराउन आग्रह गरेका छन् ।  

चीनको हुपै प्रान्तमा रहेका १८१ नेपाली संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसासिन बाध्य छन्। कोइरालाले  भने,' कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको समाचार आइरहेका छन्। परिवारको ब्याकुलता उस्तै छ। किन सरकार संवेदनशील नभएको? मानवता खोई? फर्काउन ढिलाई नगरौं। राज्यको अनुभुति गराऔं।'

कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न  संसदमा सुझाव दिइएको छ। साथै  सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेपनि कोरना संक्रमित क्षेत्रमा पाइलटहरु जान नमानेको बताइएको छ ।  

 चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वका २७ राष्ट्रमा संक्रमण फैलिएको छ । यस अन्तर्गत नेपाललीमा पनि संक्रमण देखिएको छ । चीनबाट नेपालमा चिनियाँ आउने क्रम पनि रोकिएको छैन ।

कोरोनाबाट एक हजार भन्दा बढीको ज्यान गइसकेको छ ।  ज्यान जाने सबै चिनियाँ हुन् । फिलिपिन्स र हङकङमा पनि १–१ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमित हुनेको संख्या ४२ हजार भन्दा बढी रहेको छ । दुई लाख मानिस निगरानीमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ