arrow

तारकेश्वरबाट भालुको पित्त र चितुवाको छालासहित दुई पक्राउ

logo
रासस,
प्रकाशित २०७६ माघ २९ बुधबार
chitwa.jpg

काठमाडौं । संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
    
तारकेश्वर नगरपालिका–४ पुरानो गुह्श्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मंगलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो ।

 उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित नुवाकोट बेलकोट नगरपालिका–११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका–४ का सुवास लामालाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकराी दिए।

उनीहरुसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको उनले बताए। उनीहरुले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ