बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईमाथि सर्वोच्चमा रिट
प्रकाशित २०७६ माघ २९ बुधबार
334
Shares
काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट परेको छ ।
उक्त प्रकरणमा मुछिएका हाइप्रोफाइल नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित एक सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिए पनि दुई पूर्वप्रधानमन्त्री छुटेको भन्दै रिट दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय गलत भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन मागसहित रिट निवेदन दायर गरेका हुन् ।
भ्रष्टाचार गर्ने र सम्पत्ति अपचलन गर्नेलाई नभई मन्त्रिपरिषद बैठकले गरेको निर्णयमा नेपाल र भट्टराईलाई कसरी चोख्याउन मिल्छ भन्दै उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग हुदै आएको छ ।