arrow

नेकपामा विचित्रः ओली फेरि पनि जनयुद्ध दिवसमा अनुपस्थित 

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
oli-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यसपटक पनि विचित्र गरेको छ । जनयुद्ध जनआन्दोलनका सहिदहरुको स्मृतिमा नेकपाले आयोजना गर्न थालेको फागुन १ को कार्यक्रममा यसपटक पनि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली गएनन् । 

तर उनी यसपटक भने जसरी पनि जाने प्रचार नेकपाले गरेको थियो । गत वर्ष पनि यस्तै प्रचार गरेर अन्तिममा ओली गएका थिएनन् । 

पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा ओली गएनन् । केबल अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र सहभागी भए । 

नेकपाले बुधबार पनि ओली र प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने प्रचार गरेको थियो । कार्यक्रममा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभागी थिए ।

२०७४ सालदेखि नै ओली आउने आउने भन्दै झुक्याउँदै गर्ने काम भइरहेको छ । तत्कालीन माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । नेकपाका पूर्व माओवादी नेताहरु बढी नै सक्रिय हुन्छन् । 

पूर्व एमालेका नेताहरु भने अवसर हेर्छन् । त्यस्तै गत वर्ष काठमाडौं उपत्यकासहित देशभर तत्कालीन माओवादीले सहिद सप्ताह मनायो। 

तत्कालिन माओवादीको पहिलो सहिद दिलबहादुर रम्तेलले ज्यान गुमाएपछि फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ। 

ओलीले फेरि पनि अन्तिम समयमा धोका दिँदा भने अझै तुष बाँकी छ भन्ने स्पष्टै हुन्छ । 

एमसीसीको विषयमा आएर पनि उनीहरुबीच खासै सहमति जुट्न नसकेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ