arrow

कुवेतमा ६ नेपालीको मृत्यु, यथार्थ जानकारी गराउन आयोगको आग्रह

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
Kuwait.jpg.jpeg

काठमाडौं । कुवेतस्थित एक कम्पनीमा कार्यरत ६ जना नेपाली कामदारहरु कामको सिलसिलामा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको भनिएको घटना सम्बन्धमा नेपाल मानवअधिकार आयोगले ध्यानाकर्षण जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा यथार्थ जानकारी गराउन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

बैदेशिक रोजगारीमा गएका कामदारहरुको सुरक्षा तथा उनीहरुको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई  आग्रह गरेको छ ।

साथै, उक्त घटनामा घाइते भएकाहरुको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकार समेतको संरक्षण हुनेगरी आवश्यक व्यवस्था मिलाउन समेत आयोगले  आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ