arrow

सरकार निष्ठापूर्वक काम गर्न प्रतिबद्ध छ : प्रम ओली

logo
प्रकाशित २०७६ फागुन ३ शनिबार
pm-oil-parliament.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्। सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले जनताले सुम्पेको विश्वास र भरोसाको नासोका रुपमा सार्वभौम जनताको आकाङ्क्षाअनुरुप निर्धारित राष्ट्रिय लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले हालसम्म ५५ नयाँ कानून बनेको, २०१ ऐन संशोधन र १३ ऐन खारेज भई मौलिक हक कार्यान्वयनसँगै लोकतन्त्र  सुदृढ हुँदै गएको धारणा व्यक्त गरे। उनले पूर्वपश्चिम राजमार्गको चारदेखि छ लेन बढाउने, पुष्पलाल राजमार्ग छिटो बनाउने साथै राष्ट्रिय गौरवका आयोजना, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी यही वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारले नेपाल–भारतबीचको सीमा विवादका विषयमा संवादका माध्यमबाट समस्या समाधान गरी अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे। प्रधानमन्त्री ओलीले मित्रराष्ट्र चीनमा देखापरेको कोरोना भाइरसका कारणले नेपालमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उक्त भाइरस फैलिन नदिनका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गरे। साथै, चीनबाट विद्यार्थी ल्याउनका लागि सरकार गम्भीर भएर लागिपरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ