arrow

सरकार संघीयता विरोधी : उपसभापति निधी

logo
नारायण रिजाल,
प्रकाशित २०७६ फागुन ३ शनिबार
bimelendra-nidhi.jpg

बागलुङ। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र लोकतन्त्र विरोधी काम गर्दै गएको आरोप लगाएका छन। उनले सरकार संघियताको सुदृढिकरण र लोकतन्त्रको रक्षाका लागि कुनैपनि गतिविधि हासिल गर्न नसकेको बताएका हुन। नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै निधीले सरकारले दुई वर्षमा आफु संघीयताको सिद्धान्त अनुरुप पनि चल्न नसकेको बताए।

‘प्रधानमन्त्री केपि शर्मा ओली सरकारको आज दुई वर्ष पुगेको दिन, उनले आफ्ना गतिविधि शनिबार सार्वजनिक गरेका थिए। उपसभापति निधीले भने, ‘मैले पनि के रैछ त प्रगती भनेर राम्रो सँग सुने, उहाँको मुख्य प्रगति भनेको त दुई वर्ष सम्म एउटै पार्टीको सरकार चल्यो भन्ने रैछ, यो त निकै हास्यादपद प्रगती भयो । प्रधानमन्त्रीले आफु कुर्चिमा टिकिरहेको नै उपलब्ध ठान्नुहुन्छ भने जनता के को आशा गर्ने, निधीले थपे।’

पुर्व गृहमन्त्री समेत रहेको निधीले दुई वर्षमा काँग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्ने बाहेक अन्य कुनैपनि गतिविधि सरकारले हाँसिल गर्न नसकेको बताए। उनले सरकारका उपलब्धी भनेको प्रेस र अभिव्यक्तिको स्वतन्त्रतालाई निषेधको काम मात्र रहको जिकिर गरे। उनले नेपालमा काँग्रेस मात्र लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टी भएको उद्योष गरेका छन। पछिल्लो समयमा कम्युनिष्ट पनि हामी लोकतन्त्रबादी हौ भन्दै हिड्छन। नेता निधिले भने,बाहिर खोक्रो नारा लगाएर हुँदैन लोकतन्त्रको महशुस जनतालाई गराउनुपर्‍यो।

नेपालमा ‘बाई वर्थ’ लोकतन्त्रबादी पार्टी भनेकै काँग्रेस हो । यसको जन्महुँदा कम्युनिष्टहरुको कुनै जन्म भएको थिएन । उनले कम्युनिष्टहरु आफुलाई रुपान्तरण गरेर अगाडी बढन नसके लोकतन्त्रबादी बन्न नसक्ने बताए । उनले आफ्ना कार्यकर्तालाई संघियाताको सिद्धान्त अनुसार स्थानिय तह सम्म आफ्नो संगठनलाई बलियो बनाउन आग्रह गरेका थिए। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेसका पालामा खनेका बाटोमा धुलो उढाउँदै गएर काँग्रेसलाई नै गाली गर्ने कम्युनिष्टको बानी अलि निरंकुशताबादी भएको बताए।

दुई दिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचन, आमन्त्रीत केन्द्रिय सदस्य किरणराज पौडेल, काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापा, पुर्व पार्टी सभापति एवं गण्डकी प्रदेशका प्रमुख सचेतक मणिभद्र शर्मा कंडेल, पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, संविधान सभा सदस्य एवं पुर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल, पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, काँग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, जैमिनी नगरपालिका नगरप्रमुख ईन्द्रराज पौडेल, गलकोट नगरपालिकाका नजरप्रमुख भरत शर्मा गैरे, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, नेपाल राष्टिय मगर संघका केन्द्रिय उपाध्यक्ष दिनेश थापा, लगाएतले बालेका थिए। कार्यक्रमको विषयबस्तुको बारेमा काँग्रेस बागलुङका क्षेत्रीय सभापति नारायण शर्मा पौडेलले प्रकाश पारेका थिए।

कार्यक्रम क्षेत्रीय सभापति चिरञ्जीवी गौतमको अध्यक्षता प्रदेश क्षेत्रीय सभापति शिव प्रसाद कंडेलको स्वागत र सचिव विकास पौडेलको संचालनमा सम्पन्न भएको थियो। प्रशिक्षण कार्यक्रममा राष्ट्रिय योजना आयोगको पुर्व उपाध्यक्ष डा गोविन्द पोखरेल, काँग्रेसका युवा नेता देवराज चालिसे, काँग्रेसको केन्द्रिय निति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य एलबि पुन लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेस बागलुङले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ