arrow

भष्ट्राचार र अनियमिता रोक्न स्थानीय निकायलाई इलाम कांग्रेसको ज्ञापन

logo
प्रकाशित २०७६ फागुन ३ शनिबार
ilam-congress1.jpg

काठमाडौं। स्थानीय निकाय भएको अनियमिता, भष्ट्राचार, बेथिति जस्ता बिषयमा नेपाली कांग्रेस इलामले ४ वटा नगरपालिका तथा ६ वटा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। करमा बृद्धि, भ्रष्टचार, अनियमितता, बेथिति, कुशासन लगायतले इलामका नागरिकको ढाड सेकेकोले पहिलो चरणको कार्यक्रम अन्तर्गत सचेतनाको लागि सबै नगरपालिका र गाउँपालिकामा ज्ञापनपत्र बुझाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामका सभापति हिमालय कर्माचार्यले जानकारी दिए।

जिल्ला कार्यसमितिको अगुवाइमा क्षेत्रीय समितिहरु, नगर तथा गाउँपालिका समितिहरु तथा स्थानीयहरुको उल्लेख्य  सहभागितामा ज्ञापनपत्र बुझाइएको हो। सबै स्थानीय निकाय आवश्यक पहलको लागि जिल्ला समन्वय समिति इलामलाई समेत ज्ञापन पत्र दिने सभापति कर्माचार्यले बताए। पछिल्लो समय बर्तमान सरकारले विभिन्न बहानामा बढाएको करले जनताको जनजिवनमा नै अत्यन्तै नकारात्मक असर पुर्‍याएकोले घटाउन समेत माग गरिएको छ।

स्थानीय निकायहरुको कामकाजले स्थानीय नागरिकले हैरानी खप्नुपरेकोले ज्ञापनपत्र बुझाएको नेपाल कांग्रेस जिल्ला कार्यसमितिका सचिव खगेन्द्र देवानले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ