arrow

क्यान्सर रोगबाट पीडित शिक्षक मल्लको उपचारका लागि आर्थिक सहयोग  

logo
गोविन्द बीसी,
प्रकाशित २०७६ फागुन ३ शनिबार
cancer-help.jpg

बौनिया। क्यान्सर रोगबाट पीडित पूर्वसहकर्मी शिक्षकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया स्थित बसन्त मुरारी माविका शिक्षक र विद्यार्थीले आर्थिक सहयोग रकम संकलन गरी हस्तान्तरण गरेका हुन्।

विगत ६ महिनादेखि क्यान्सर रोगबाट पीडित सोही विद्यालयको साबिक उच्च मावि तहमा कार्यरत पूर्वशिक्षक सुरेन्द्रबहादुर मल्लको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिएको हो। विगतमा २०६४ सालदेखि २०६७ सम्म बसन्त मुरारी मावि बौनियामा शिक्षक मल्ल कार्यरत रहेका थिए। उनको जीवनको रक्षाका लागि विद्यालयका कार्यरत शिक्षक र अध्ययनरत विद्यार्थीहरुले ४२ हजार रुपैयाँ संकलन गरि हस्तान्तरण गरेका छन्।

शुक्रबार बसन्त मुरारी माविका प्राचार्य भुमिप्रकाश बमले विद्यालयमै पूर्व शिक्षक हरेन्द्र भाट र क्यान्सरबाट पीडित मल्लका भाइ तिलकबहादुर मल्ललाई नगद रकम प्रदान गरेका हुन्। आर्थिक अवस्था कमजोर रहेकै कारणले उपचारमा आर्थिक संकट परेको भन्दै सहयोग गरिएको प्राचार्य बमले बताए। शरीरको पिठ्युँको भागमा देखिएको क्यान्सर रोगको समस्याका कारण अहिले शिक्षक मल्लको भारतको मेदान्त अस्पतालमा उपचार भइरहेको छ। कंचनपुरको झलारी निवासी ४२ वर्षीय पीडित मल्लका १ छोरा र १ छोरा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ