arrow

हृदयेशले ५ उच्च कर्मचारी हटाए, पूराना पिएलाई मन्त्रालयमै फर्काए

logo
राजु रिमाल,
प्रकाशित २०७६ फागुन ४ आइतबार
hridayesh-tripathinews.jpeg

काठमाडौं। संघीय मामिला मन्त्री हृदयेश त्रिपाठीले आफूलाई असहयोग गरेको भन्दै ५ उच्च कर्मचारीलाई एकै पटक त्यहाबाट सरुवा गराएका छन्। निवर्तमान संघीय मामिला मन्त्री लालबाबु पण्डितले विश्वास गरेर मन्त्रालयमा जिम्मेवारी दिएका कर्मचारीलाई समेत त्रिपाठीले सरुवा गराएका छन्।

निवर्तमान मन्त्री पण्डितले केदार पनेरुलाई विश्वास गरी समायोजन महाशाखाको प्रमुखको जिम्मेवारी दिएका थिए तर वर्तमान मन्त्री त्रिपाठी भने पनेरुसँग सन्तुष्ट भएनन्। उनको ठाउँमा आफनो पुरानो पिए बसन्त अधिकारीलाई ल्याएका छन्। बसन्त यसअघि सुर्खेतमा सिडिओ (प्रमुख जिल्ला अधिकारी) थिए। बसन्तलाई सुर्खेतबाटै मन्त्रालयमा बोलाएका छन्।

यसअघि त्रिपाठी तत्कालिन भौतिक योजना मन्त्री हुँदा बसन्त मन्त्रीको  पिए भइ सचिबालयमा बसेका थिए। स्रोत भन्छ, त्रिपाठीले बसन्तलाई अति विश्वास गर्ने गर्छन। मन्त्रालयबाट सरुवा भएका  पनेरु सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसँग निकट मानिन्छन्। उनलाई शुक्रबार सरुवाको चिट्ठिी दिइएको थियो। हाल उनलाई अर्थ मन्त्रालयमा लगिएको छ।

सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी लिएका सहसचिव भुपाल बराललाई पनि त्रिपाठीले सरुवा गराएका छन्। बराल नेपाली कांग्रेससँग निकट मानिन्छन्। स्रोत भन्छ,पछिल्लो समय मन्त्रीको व्यवहारदेखि बराल चिढिएका थिए। उनले आफैं सरुवा मागेका थिए। शुक्रबारदेखि उनको सरुवा महालेखा नियन्त्रणको कार्यालयमा भएको छ। नेकपासँग निकट मानिने अर्का सहसचिव बाबुराम अधिकारीलाई पनि त्रिपाठीले सरुवा गराएका छन्। अधिकारीले यसअघि कर्मचारी प्रशासन महाशाखाको जिम्मेवामरी लिएका थिए। हाल उनलाई अर्थ मन्त्रालयमा लगिएको छ।

पछिल्लो केही समय यता अधिकारीसँग त्रिपाठीको सम्बन्ध निकै विग्रेको थियो। स्रोत भन्छ, अधिकारीले ओएन एम सर्भे परिमार्जन रिपोर्टमा कर्मचारी दरबन्दी बढाउन खोजेको त्रिपाठीको बुझाइ थियो। अधिकारीलाई सरुवाको चिट्ठिी बुझाउनुको केही दिन अघि मन्त्रालयका गरिएको उच्च कर्मचारीहरूसँगको छलफलमा त्रिपाठीले अधिकारीलाई अपमानपूर्वक  गाली गरेका थिए। त्रिपाठीको गाली पछि अधिकारीले पनि त्यहाँबाट सरुवा मागेका थिए,–स्रोतले भन्यो। कर्मचारी दरबन्दी संरचनाको विषयमा अध्ययन गर्न भनी केही दिन अघि अधिकारी अमेरिका पुगेका थिए। यही विषयमा त्रिपाठीले उनलाई गाली गरेका थिए।

सहसचिव र सहसचिवभन्दा माथिको कर्मचारीको सरुवा मन्त्रिपरिष्दको बैठकले गर्ने कानुनी व्यवस्था छ तर विभागीय मन्त्रीले पछि मन्त्रिपरिषद्मा प्रस्तावमा लगि मन्त्रिपरिषद्बाट समर्थन लिने गरी सहसचिवको काज सरुवा गराउन पाउने व्यवस्था छ। उक्त व्यवस्था अनुसार त्रिपाठीले ३ सहसचिवको सरुवा गराएका हुन। उपसचिवको सरुवा भने मन्त्रीले सोझै गर्न पाउने व्यवस्था छ।

त्रिपाठीले अन्य दुइ उपसचिवलाई पनि एकै पटक सरुवा गराएका छन्। कर्मचारी प्रशासन महाशाखामा कार्यरत चन्द्र फूयाललाई सरुवा गराएका छन। यसैगरी उनले अर्का उपसचिव इश्वर गिरीको पनि सरुवा गराएका छन्। गिरीको सरुवा पर्यटन मन्त्रालयमा भएको छ। बरालको सरुवा भएसँग संघीय मन्त्रालयमा प्रवक्ता पद खाली रहेको छ। यसअघि प्रवक्ताको जिम्मेवारी सुरेश अधिकारीलाइ दिइएको थियो। करिब ८ महिना अघि अधिकारी सचिवमा बढुवा भइ त्यहाँबाट सरुवा भएका थिए। 

सामान्य प्रशासन मन्त्रालयमा ५ जना सहसचिवको दरबन्दी छ। तर पछिल्लो समय ४ सहसचिव मात्र कार्यरत थिए।  ४ सहसचिवमध्ये हाल एक जना सहसचिव मात्र फेरिएनन्। जुम्लामा स्थायी घर भएका जयनारायण आचार्य सोझा कर्मचारी मानिन्छन्। उनले भने सरुवा नमागेको स्रोतले भन्यो। मन्त्रालय स्रोतका अनुसार संघीयबाट सरुवा गरी पठाइएका तीन जना सहसचिव पनेरु,बराल र अधिकारीको ठाउँमा त्रिपाठीले याम प्रसाद अधिकारी, बसन्त अधिकारी र वीष्णुदत्त गौतमलाई ल्याएका छन्। वीष्णुदत्त गौतम यसअघि संघीय मन्त्रालयर्म उपसचिवमा कार्यरत थिए। मन्त्रालयमै हुँदा उनी  सहसचिवमा बढुवा भएका छन्।

पछिल्लो समय मन्त्री त्रिपाठी र मन्त्रालयका उच्च कर्मचारीहरुवीच सम्बन्ध विग्रको थियो। स्रोत भन्छ, संघीय मन्त्रालयका सचिव यादव कोइरालासँग पनि मन्त्री खुशी छैनन्। कोइराला गृहमन्त्रालयमा सरुवा हुन चाहेका थिए। गृहमा सरुवा नभए पछि उनले अर्को मन्त्रालय खोजेको स्रोतको भनाइ छ।

संघीयबाट सरुवा भएका एक सहसचिव भन्छन,‘मन्त्रालयको एउटा दृष्टिकोण हुन्छ तर मन्त्रीले ज्युले ठयाम्मै उल्टो बोल्नुहुन्छ। यतीसम्म कि, मन्त्रालयको आन्तरिक बैठकमा मन्त्री ज्यले समायोजनमा गएका सबै कर्मचारीलाई फिर्ता बोलाउछु भन्नु भयो। जुन सम्भव छैन।’

मन्त्रालयले अहिलेसम्म तयार गरेको योजना र कार्यक्रममा समेत त्रिपाठीले असहमति जनाउँने गरेको  ती सहसचिवको भनाइ छ। ती सहसचिव भन्छन, मन्त्री ज्युले यतीसम्म गर्नु भयो कि, मन्त्रालयले तयार गरेका ऐन नियमका मस्यौदालाई समेत मन्त्री ज्युले यो हुँदैन। यसलाई च्याँथ्नुहोस। नयाँ बनाउनुहोस भन्नुहुन्छ।’अर्का एक कर्मचारी भन्छन, ‘आन्तरिक बैठकमा मन्त्री ज्युले जहिले पनि ‘म दुइ तिहाइको सरकारको मन्त्री हुँ भन्ने गर्नुहुन्छ। कहिले उहाँले ‘म बाबुरामको क्याविनेटको मन्त्री हुँ भन्दै हामीलाई धम्क्याउने गर्नुहुन्छ।’

मन्त्रालय स्रोतका अनुसार सामान्य प्रशासन मन्त्राललयले अहिलेसम्म नगरेको र कर्मचारी समायोजन ऐनमा नभएको व्यवस्थामा समेत मन्त्रीले दबाब दिने गरेको स्रोतले बतायो। स्रोतले भन्यो, ‘मन्त्री ज्युले  इञ्जिनियरलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर विभिन्न स्थानीय तहमा नियुक्त दिन दबाब दिन थाल्नु भएको छ।’ कर्मचारी समायोजन ऐनमा प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाको हुनु पर्ने व्यवस्था छ। यस्तो व्यवस्थाबाट प्राविधिक कर्मचारी अपमानित भए भन्दै त्रिपाठीले प्राविधिक कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा नियुक्त दिन दबाब दिन थालेका हुन। मन्त्रीको यस्तो रवैयाबाट मन्त्रालयका उच्च कर्मचारीहरु मन्त्रीसँग निकै चिढिएका छन्–स्रोतले भन्यो।

त्रिपाठीले सूर्य चिन्ह लिइ प्रतिनिधि सभाको चुनावमा भाग लिएका थिए र चुनाव जिते पनि। कानुनी रुपमा उनी अहिले पनि नेकपाका सांसद हुन तर उनले अहिले पनि आफूलाई स्वतन्त्र भन्ने गर्छन। मन्त्री हुनुभन्दा केही दिन अघि उनले काठमाडौमा आफू निकट केही नेताहरुको भेला गरी छुट्टै  पार्टी खोल्ने घोषणा गरेका थिए। त्यती मात्र नभइ उनले सिहंदरबार नजिकै सम्पर्क कार्यालय समेत खोलेका थिए। यहाँ सम्म कि त्रिपाठीकोलागि सिंहदरबारमा  छुट्टै  कोठा दिइएको छ। उनको कोठा नेकपाको संसदीय दलको कार्यालय नजिकै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ