arrow

स्थानीय र प्रहरीलाई थर्काएपछि विप्लवका सेक्रेटरी पक्राउ

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
biplab-maobadi.jpeg

सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द (विप्लव) समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरिएको हो ।

सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी स्थानीयबासिन्दालाई असर पर्ने गरी अपशब्द प्रयोग गर्दै गस्तीमा खटिएका प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ गरिएका तामाङ चन्द समूहका जिल्ला सेक्रेटरी भएको प्रहरीले जनाएको छ ।

मेलम्ची नगरपालिका–९ का तामाङलाई अभद्र ब्यवहारअन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ