arrow

अपाङ्गता भएका पत्रकारलाई संचारमाध्यमहरुमा विभेद भएको गुनासो

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
program.jpg

काठमाडौं । अपाङ्गता भएका पत्रकारहरुले नेपालका ठूला संचारमाध्यमहरुमा अवसर र स्थान नपाएको गुनासो गरेका छन् ।

नेपाल प्रेस काउन्सिलको आयोजनामा राष्ट्रिय अपाङ पत्रकार संघको संयोजनमा काठमाडौमा भएको एक अन्तरक्रियाका बक्ताहरुले अपाङ सम्बन्धी गतिविधि र मुद्दाहरुलाई संचारमाध्यमहरुले प्राथमिकता नदिएको र ठूला संचारमाध्यमहरुमा क्षमतावान अपाङ पत्रकारहरुलाई अवसर नदिएको बताए ।

‘अपाङता भएका पत्रकारको समस्या र समाधान’ विषयमा कार्यपत्र प्रश्तुत गर्दै पत्रकार गजेन्द्र बुढाथोकीले अपाङहरुलाई दयाको पात्र मात्र बनाई क्षमता प्रदर्शन गर्न बन्चित गरिएको बताए । उनले मुलुकमा समावेसी सिद्धान्त अपाङहरुको सवालमा लागु नभएको र राज्यले व्यवस्था गरेका कतिपय सवालहरुलाई मिडिया हाउसहरुले प्राथमिकता नदिएको बताए ।

उनले भने, ‘समावेशीताका नाममा अपाङतालाई विभेद गर्न पाइँदैन र मिडिया हाउसहरुले पनि अपाङता भएकाहरु बोझ हुन भन्ने मानसिकता त्याग्नुपर्दछ ।’

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य माधव चम्लागाईले अपाङता भएका पत्रकारहरुले अवसर र जिम्मेवारी नपाउँदा पेशाबाट नै पलायन हुनु परेको बताए । उनले भने, ‘पलायन रोक्न सम्बन्धित निकायले यथाशक्य योजनाहरु ल्याउनु पर्दछ ।’

उनले डिजिटल मिडियाको विकासले अवसरहरु प्रशस्त रहेपनि नीति नियम बनाउँदा नै सरकारले ख्याल गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘अपाङता भएका पत्रकारहरुको यकिन तथ्यांक नभएकाले आधिकारीक तथ्याकं निकालेर सरकारले सोही अनुसारको योजनाहरु बनाउनुपर्छ ।’ अपाङता भएका व्यक्तिहरुको समाचारलाई राष्ट्रिय स्तरका संचारमाध्यमहरुले प्राथमिकता दिएकोमा उनले दुःख ब्यक्त गरे ।

राष्ट्रिय अपाङ पत्रकार संघका अध्यक्ष रविन थपलियाले सरकारी मिडिया हाउस खुलाउने रोजगारीको आवेदनमै अपाङता भएका पत्रकारहरुलाई विभेद गर्ने गरेको बताए । उनले भने,‘आवेदनमा विभेद देखि जागिरबाटै निष्काशन गर्ने प्रबृत्ति रहेकाले यसलाई रोक्नपर्दछ । प्रेस काउन्सीलले पनि पत्रपत्रिका बर्गीकरणमा झन्झटिलो प्रक्रिया अन्त्य गर्न उनले माग गरे ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अपाङगता भएका पत्रकारहरुको समस्या समाधानका लागि चाँडै योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, ‘अपाङदा भएका पत्रकारहरुको तथ्यांक संकलन गरी आवश्यक सेवा सुविधाको ब्यवस्था मिलाउन यसैबर्ष पहल गर्नेछु ।’ उनले समास्याहरु र मागहरुका सवालमा सम्बन्धित संस्थाले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल विधागत पत्रकारिता विकास उपसमितिका संयोजक चेतनाथ धमलालगायतका सहभागीहरुले सुझाव दिएका थिए ।

भिडियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ