arrow

आरआर क्याम्पसमा अखिलको आक्रमणमा परि नेबिसंघका तीन बिद्यार्थी घाइते

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
rr-campus2.jpeg

काठमाडौं । प्रर्दशनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुको आक्रमणमा परि प्रतिपक्ष नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका तीन कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।  

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईका अनुसार कक्षाकोठामा पढ्नका लागि गइरहेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई अखिलले क्याम्पस बाहिरबाट लगेको गुण्डाहरुबाट आक्रमण भएको हो ।

प्रहरीले नेपाल विद्यार्थी संघका केहि कार्यकर्तालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री भट्टराईले विज्ञप्ती मार्फत घटनाको भत्सर्ना गरेका छन् । महामन्त्री भट्टराईले पक्राउ परेका विद्यार्थीको तत्काल रिहाईको माग गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

सत्ताको आडमा प्रहरी प्रशासनले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको निष्पक्ष छानविन भएर दोषि माथि कारवाही नभएर देशव्यापी आन्दोलन गर्ने भट्टराईले विज्ञप्तीमा उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ