arrow

महिलाको घरमा पसि सामूहिक करणी गर्ने मध्ये दुई पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन ५ सोमबार

धनुषा । धनुषामा सामूहिक बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आइतबार विशकर्मा चौक स्थित एक महिलामाथि बलत्कार गर्ने समूह मध्ये दुई जना पक्राउ परेका हुन् ।   

प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे तिर जनकपुरधाम उपमहानगरपालिका ४ विशकर्मा चौक स्थित एक ३२ वर्षीया महिलालाई ३-४ जनाको समूहले उनकै घरमा बलात्कार गरेका थिए ।

सामुहिक बलात्कार घटनामा संलग्न रहेका आरोपमा महोत्तरी जिल्लाको औरही ७ का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुबनी जिल्लाको कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्र सिंह सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका अनुसन्धानको क्रममा ती दुवै जनालाई पक्राउ परेका हुन् । बलात्कृत महिलालाई स्वास्थ्य परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाईएको जिल्ला प्रहरी धनुषाले जानकारी दिएको छ ।

घटनामा संलग्न अन्य आरोपित हाल फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ