arrow

कारणीको आरोप लागेका महराले पाए सफाइ

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
MAHARA.jpg

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ  दिएको हो।

आइतबार पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा गएको थियो। काठमाडौ जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा भएको सुनुवाइको बहस सकिए पनि समय अभावका कारण अन्तिम फैसला आएको थिएन ।

 संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा पुगेका थिए ।

एक महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो।

महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाण्डौको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले भने जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुंगो लगाउन आदेश दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ