arrow

पूर्व उपसभापति सिंहकी आमाको निधन

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेस जाजरकोटका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व उपसभापति विनबहादुर सिंहकी आमा को निधन भएको छ । पूर्व उपसभापति सिंहकी ७६ वर्षीया आमा जयाकुमारी सिंहको आइतबार काठमाडौँमा निधन भएको हो ।

जाजरकोट जिल्ला नलगाउँ नगरपालिका वडा नं. ७ निवासी स्वर्गीय सिंह विगत समयदेखि स्वास प्रश्वास र क्यान्सर रोगबाट पीडित थिइन्।

उनको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले समवेदना प्रकट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ