arrow

ललितपुरका पूर्वमेयरको अन्त्येष्टि, कांग्रेस नेताले ओढाए पार्टीको झण्डा

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
bekharatna-shakya.jpg

 काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको अन्त्येष्टि गरिएको छ । आइतबार निधन भएका ललितपुरका पूर्वमेयर रहनुभएका शाक्यको सोमबार बौद्ध परम्पराअनुसार शङ्खमुलमा अन्त्येष्टि गरिएको कांग्रेस नेता रामचन्द्र पोखरेलले जानकारी दिए ।

अन्त्येष्टिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु शङ्कमुल पुगेका थिए । स्वर्गीय शाक्यको शवमा कांग्रेस नेताहरुले पार्टीको झण्डा ओढाएका थिए  ।

नगरपालिका सङ्घका पूर्वअध्यक्ष रहनुभएका स्व शाक्यले स्थानीय तहलाई स्थानीय सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

विकेन्द्रीकरण समाज नेपालका उपाध्यक्षसमेत हुनुभएका स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  स्व शाक्यका श्रीमती, एक छोरा र दुई छोरी छन्।

यसैबीच आइतबार पार्टीका सभापति शेरबहादुर देउवाले स्व शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ