arrow

राजसंस्थालाई बाधक भन्नेले बेलायत र जापानलाई हेर्न सुझाव

अब आउने निर्बाचनमा कांग्रेस नेकपापछिको शक्ति राप्रपा

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
kamals.JPG

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउदो निर्वाचन सम्ममा राप्रपालाई नेकपा र कांग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता ब्यक्त गरेका छन् ।

आज स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिडेको स्पष्ट पारे ।

राजसंस्थालाई बिकास र प्रगतिको बाधक भन्नेहरुलाई बेलायत र जापानलाई हेर्नोस भनेर सम्झाउन पनि कार्यकर्तालाई थापाले आग्रह गरे ।

राजासहितको प्रजातन्त्रमा सबै अट्न सक्ने र कसैलाई निषेध नहुने भन्दै थापाले पार्टीले अबलम्बन गरेको मार्गचित्र बिकास, समृद्धि , प्रजातन्त्र र राष्ट्रियताको निमित्त अनुकुल भएको थापाको दाबी थियो ।

युबा अबस्थामा स्नातकोत्तर पढ्दा स्याङ्जाको गाउँमा आएर एक बर्ष पढाएको स्मरण गर्दै थापाले स्याङ्जा सँगआफ्नो भावनात्मक सम्बन्ध रहेको बताए ।

 कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ , तोरण बहादुर गुरुङ , मदन कार्की, भुमिजङ्ग केसि लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ