arrow

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु, यस्तो छ मौसम

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौं उपत्यकामा आंशिक बदली रहेको छ । 

तराईका केही स्थानमा कुहिरोजस्तो देखिएको छ । यो दिउँसोसम्म पनि रहने बताइएको छ । 

पहाडी भेगमा पनि सामान्यदेखि आंशिक बदली देखिएको छ । हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भूभाग नजिक न्यून चापिय क्षेत्रको असर छ ।

काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । भिजिबिलिटी बिहान २ किलोमिटर रहेको छ । 

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।  पूर्वी र मध्य पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि कुनै चेतावनी दिएको छैन । 

यस्तो छ दुई दिन बुधबार र बिहीबारको पूर्वानुमान 
फागुन ७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ८ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ