arrow

नेकपा सरकारको २ वर्ष : भनिएको थियो के ? भयो के ?

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
bishawa.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ३ गते संसद्मा सरकारका उपलब्धिबारे लामै सम्बोधन गरेका थिए ।  सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा पार्टीको धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले उपलब्धिबारे सुनाएका थिए  ।

अब नेपाली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक भिडियो मार्फत नेकपा सरकारको २ वर्षको टिप्पणी गरेका छन् । उनले भनिएको के थियो ? र भयो के ? भन्दै टिप्पणी गरेका छन् । ।  

यसअघि  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा पार्टीको धारणा सार्वजनिक गरेको थियो ।

बितेका दुई वर्षमा मुलुकभर कैयौँ हत्या, बलात्कार र लुटपाटका घटना भएको घटनाले शान्तिसुरक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै प्रवक्ता शर्माले यस अवधिमा सत्तारूढ पार्टीकै कार्यकर्ताबाट कांग्रेसका चारजना कार्यकर्ताको हत्या भएको बताए । सरकारले सुशासनको कोणबाट न नवीनता अनुभूति गराउन सकेको छ, न त समृद्धिका लागि नवीन परियोजनाको विधिवत् थालनी गर्न सकेको भनी उनले टिप्पणी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ